काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक सकिएको छ । स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने भएका छन् ।
शनिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको हो ।भोलिको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो, सदस्य मनोनय , कार्यविभाजन लगायतबारे भोलि मात्रै निर्णय हुन्छ।
एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ ।
बैठक भोलि पनि बस्ने छ।