काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा मुख्य रुपमा पर्यटकको संख्या भित्र्याउने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव हुने भएको छ । समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता भन्ने मुल नाराकासाथ रेस्टुरेन् एण्ड बार एशोसिएशन पोखरा (रेवान) ले उक्त कार्यक्रम संञ्चालन गर्ने बताए ।
कोरोनाले मारमा पारेको पर्यटनलाई चलायमान बनाउनका लागि पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सव आयोजना गर्ने भएको हो ।
पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्याउँदै आएको यस सडक महोत्सवले दुई दशकभन्दा बढी समयदेखि विभिन्न राजनीतिक अस्थिरता, र प्राकृतिक विपतिका कारण पोखराको आर्थिका अवस्था एकदम न्यून भएकाले गर्दा र कोरोनाको खोप पनि अधिकांशले लगाइसकेका हुनाले २३ औँ संस्करणमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईका अनुसार आन्तरिक र बाह्य पर्यटकको संख्या अझ बढी बढाउन सकिने र आन्तरिक र विदेशी पर्यटको संख्या पनि बढ्ने भएकाले गर्दा सडक महोत्सव गर्न लागिएको हो । यस पटकको महोतसवले पोखरा पर्यटकका लागि एकदम स्वच्छ र सफा सहरको सन्देश सम्म विश्व माझ पु¥याउनेछ ।
महोत्सव आयोजकका अनुसार आगामी पौषमा हुने यस महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रर्दशन, झाँकी ,दोहोरी प्रतियोगिता , ढुङगा दौड , लगाएत अन्य १० भन्दा बढी कार्यक्रमको आयमेजना गरिएको संस्थाका सचिव भिष्मराज पौडेलले बताए ।