काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सभापति र प्रधानमन्त्री फरक-फरक हुन नहुने बताएका छन् ।
उनले आइतबार पत्रकार सम्मेलन गरी गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्त दिँदै उनले सो बताएका हुन् ।
उनले भने, ‘पहिले गिरिजाप्रसाद कोइराला र किसुनजीको पालामा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुँदा कति झगडा भएको थियो हामीलाई थाहा नै छ । एउटै व्यक्ति सभापति र प्रधानमन्त्री भए देशमा पनि स्थायित्व हुन्छ । त्यसैले म पार्टी सभापति हुनु अति आवश्यक छ ।’