नेपालकै ठुलो सोलार ग्रिड आयोजनामा लाग्यो ताल्चा

नुवाकोट । देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाको कार्यालयमा ताल्चा लागेको छ । प्रभावित क्षेत्रको माग सम्बोधन नहुँदा स्थानीय संघर्ष समितिले आयोजनामा ताल्चा लगाएको हो । स्थानीय युवा संघर्ष समितिले यस भन्दा अगाडी पटक पटक प्रभाबित नागरिकहरुको माग सम्बोधन गर्न लिखित रुपमा आग्रह गरेको थियो ।

स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले १५ दिन भित्र माग सम्बोधन नहुनुको कारण लिखित रुपमा माग गर्दै आयोजनाको ध्यानाकर्षण गराएको थियो ।

१५ दिनको अल्टिमेटल दिएर आयोजनाको धारणा माग गर्दा आयोजनाले प्रभाबित नागरिकहरुलार्इ सम्बोधन नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको कार्यालयमा ताल्चा लगाएको बताइएको छ ।

नेपाल बिद्युत प्राधिकरणले स्थानियको माग सम्बोधन गर्न नसक्ने र निर्माण कम्पनीले आयोजना सम्झौताको क्रममा कार्यादेश नभएको बताउदै माग सम्बोधन गर्न सकेको छैन ।

नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलामा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानिय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्धता पुरा गर्न युवाहरुले माग गरेका थिए ।

विदुर नगरपालिका वडा नं. १२ चारघरेकी रोजिना ढुङगानाको संयोजकत्वमा रहेको युवा संघर्ष समितिले पटक–पटक सहकार्यमा माग सम्बोधन गर्न आग्रह गरेको थियो। तर माग सम्बोधन भने कहिल्यै भएन ।

यस भन्दा अगाडी पनी सोलार सरोकार समिति गठन गरेर स्थानिय प्रभाबित नागरिकह्रुले पटक पटक आयोजना र स्थानिय तहको ध्यानाकर्षण गराएको छ । बाताबरणिय प्रभाब मुल्याङकनको क्रममा समेत स्थानियहरुको जायज मागको सम्बोधन हुनु पर्ने उल्लेख छ ।

वतावरणिय प्रभाब मुल्याङकनमा समाबेस भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले युवाहरुले आयोजनाको कार्यालयमा ताल्चा लगाएर काम प्रभाबित बनाएका हुन् ।

स्थानिय प्रभाबित तथा युवा संघर्ष समितिले ध्यानाकर्षण गराउँदै ग्रीड सोलार आयोजनाले स्थानीय प्रभावित जनतासँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक स्थानिय नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको छ ।

यस भन्दा अगाडी पनी सोलार सरोकार समिति गठन गरेर स्थानिय प्रभाबित नागरिकह्रुले पटक पटक आयोजना र स्थानिय तहको ध्यानाकर्षण गराएको छ । वतावरणिय प्रभाब मुल्याङकनको क्रममा समेत स्थानियहरुको जायज मागको सम्बोधन हुनु पर्ने उल्लेख छ । वतावरणिय प्रभाब मुल्याङकनमा समाबेस भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले आयोजनाको कार्यालयमा ताल्चा लाग्दा काम प्रभाबित बनेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.