काठमाडौं । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित स्रोत नखुलेको १८ लाख नगतसहित दुइ जना पक्राउ परेका छन् ।
प्रहरीले आइताबार मध्यन्नमा वीरगञ्ज–१० का ४४ वर्षीय ओमप्रकाश गुप्ता र २८ वर्षीय चन्दनकुमार शाहलाई नियन्त्रमा लिएको हो । आर्दशनगर जाँदै गरेको मोटरसाईकललाई प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यलयले झोलामा बरामद गरेको हो ।
पक्राउ परेका दुवैमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।