काठमाडौं । भूपेन्द्र बडुवालको हत्यामा संलग्न आरोपी धरौटीमा छुट्न थालेपछि भूपेन्द्रका आफन्त विरोधमा उत्रिएका छन् । हत्यामा संलग्नहरु धमाधम धरौटीमा छुट्न थालेपिछ भूपेन्द्रका परिवार र आफन्त धर्नामा उत्रिएका हुन् । उनीहरुले जिल्ला अदालतबाहिर धर्नामा दिइरहेका छन्ए ।
‘मान्छे मार्न पाइदैन, फरार अभियु्िक्तलाई इन्काउन्टर दे’ जस्ता नारा लगाउँदै भूपेन्द्रका आफन्तले अदालत बाहिर नारा लगाइरहेका छन् । उनीहरु नारा सहित प्रदर्शनमा उत्रिएका छन् ।
भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेका थिए । जसमध्ये ९ जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेका छैनन् । १२ जनामध्ये ९ जनालाई कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
गत कात्तिक २३ गते टिकापुरको लम्किचुहामा धारिलो हतियार प्रहार गरि भूपेन्द्रको हत्या गरिएको थियो ।