कांग्रेसको महाधिवेशनले कुरुप बन्यो काठमाडौँ

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । अहिले मतदानको कार्यक्रम चलिरहेको हो । अहिले कांग्रेसका करिव २ हजार प्रतिनिधिले मतदान गरिसकेका छन् ।

कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिँह र विमलेन्द्र निधि सभापतिको प्रतिष्पर्धामा छन् ।

कांग्रेसमा सभापति एक जना उपसभापति दुई जना महामन्त्री दुई जना र सहमहामन्त्री आठ जना निर्वाचित हुने प्रावधान छ ।

१४ औँ महाधिवेशनमा १३ पदाधिकारीका लागि ३९ जना प्रतिष्पर्धामा छन् । त्यस्तै १३४ पदमा ५४८ जना प्रतिष्पर्धामा छन् ।

" alt="" />महाधिवेशनमा प्रतिष्पर्धामा रहेका उम्मेद्वारहरुले ज्यादै भड्किलो प्रचार शैली अपनाएका छन् । काठमाडौँका प्राय सबै चोकमा उनीहरुले व्यानर झुन्डाएका छन् । जसले गर्दा काठमाडौँ प्राकृतिक अवस्थामा छैन । काठमाडौँ प्राकृतिक अवस्थामा छैन भन्ने विषय धेरै चिन्ताको विषय होइन । विषय हो त कांग्रेसको भड्किलो प्रचार शैलीको ।

कांग्रेसका हरेक उम्मेदवारले भृकुटीमण्डपमा प्रचारको भद्दा शैली अपनाइरहेका छन् । भिजिटिङ कार्ड, व्यानर, पम्पप्लेट लगायतका समाग्रीले अहिले भृकुटीमण्डप भरिहएको छ ।

कांग्रेसले मतदान पनि प्रविधिमैत्री गरेन । उसले परम्परागत तरिकाको मतदान शैली अपनाएको छ । कांग्रेसले मतपेटिकाको रुपमा पानी ट्याङ्कीलाई प्रयोग गरिरहेको छ । अहिले कांग्रेसले ११ सय वटा पानी ट्याङ्कीलाई मतपेटीकाको रुपमा प्रयोग गरेको छ ।

कांग्रेसले डिजिटल मतदान प्रक्रियामा नगएर पुरानो प्रक्रिया अपनाउनुले उस भित्रको प्रविधि बोधलाई पनि प्रस्तुत गरेको छ । जसले गर्दा एक मतदातालाई ५० देखि १ घण्टा मतदान गर्न समय लागेको छ ।

कांग्रेसको महाधिवेशनमा कमजोर व्यवस्थापन देखिएको छ । महाधिवेशन निर्वाचन समितिले आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरेको देखिएको छैन । यदि कार्यान्वयनमा कडाइ गरेर निर्वाचन समितिले भड्किलो प्रचार सामग्रीलाई निषेध गर्न सक्थ्यो । तर यसो गरेको पाइएको छैन ।

यस्तो भड्किलो प्रचार सामग्री प्रयोग गर्नेमा सभापतिका उम्मेद्वारदेखि केन्द्रीय सदस्यका उम्मेदवार सबै छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.