काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पहिलो चरणको मतदानमा नेतृत्व चयन गर्न नसकेर दोस्रो चरणको मतदान ३ बजेबाट सुरु भएको छ ।
मंसिर २४ बाट सुरु भएको महाधिवेशन अहिलेसम्म निरन्तर चलिरहेको छ । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रिया हुँदै छ ।
देउवालाई निधि र प्रकाशमान जसले समर्थन गरेपनि जित्छन् भने शेखरको लागि दुवैले समर्थन गर्नुपर्ने हुन्छ । तर देउवालाई अहिले सिँह र निधि दुबैको सहयोग छ ।
अंक गणितमा हेर्दा देउवाले स्वत: जित्ने देखिन्छ । शेखर कसैलाई समर्थन माग्न गएनन् । उनको हार्ने निश्चित जस्तै छ । उनीले स्वस्थ स्वार्थरहित प्रर्तिस्पर्धा गर्ने बताएका छन् ।
हारेपनि शेखर ३४ औं वरियताबाट २ नम्बरमा
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको वरियतामा छलाङ मारेका छन् । यसअघि पार्टीभित्र ३४ औं वरियतामा रहेका शेखर कोइराला केही बेरअघि सम्पन्न सभापति पदको पहिलो चरणको चुनावबाट दोस्रो वरियतामा पुगेका छन् ।
शेखर कोइराला १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन तयारी गरिरहेका थिए । तर, अन्तिममा शशांक कोइरालाले महामन्त्रीमा दावी गरेपछि शेखरले छाडिदिएका थिए । त्यसपछि १३ औं महाधिवेशनले शेखरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो ।
संस्थापन इतरको टिम दुई भागमा फुटेपछि पनि शेखरले ३६ प्रतिशत मत ल्याएकोले प्रतिनिधिप्रति उनीप्रति विश्वस्त रहेको बुझिन्छ । प्रकाशमान र निधिले समर्थन गरेपनि सबै प्रतिनिधिले पनि समर्थन गर्लान भन्न सकिन्न । प्रतिनिधिले शेखर र शेखरको टिमलाई मतदान गर्न पनि सक्छन् ।
यता शेखरको टिमबाट उपसभापतिका उम्मेद्वार धनराज गुरुङ्ले भने हाम्रो टिमले जिते भ्रष्ट्राचारको अन्त्य गर्ने बताएका छन् ।
संस्थापन इतरकै नेताहरुले पनि देउवालाई समर्थन गरेकाले वाह्य हस्तक्षेप छ कि भन्ने अक्डकलबाजी पनि हुन थालेको छ ।