प्रचण्डले सार्वजनिक गर्लान् र ! जनयुद्धमा ज्ञानेन्द्रसँग भएको ५ बुँदे सहमति

काठमाडौँ ।  केपी शर्मा ओलीले बुधबार पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन विद्रोही शक्ति माओवादीका अध्यक्ष प्रचण्डबीच २०६० मंसिर ५ गते ५ बुँदे सहमति भएको खुलासा गरेका छन् ।

‘त्यो ५ बुँदे सहमतिमा के उल्लेख थियो । त्यो खुलाउनुपर्‍यो । कसका विरुद्ध सहमति भएको थियो । के सहमति भएको थियो,’ त्यहीँ सहमतिका आधारमा ज्ञानेन्द्रले देशव्यापी रुपमा अभिनन्दन चलाए । लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइला टेक्न नसक्ने । नेताहरु जान नपाउने । त्यहाँ भएका नेता मारिने । तर, ज्ञानेन्द्र जाने र उनलाई त्यहाँ धुमधाम स्वागत गरिने । यहीँ थापाथलीदेखि मंगलबजारसम्म स्वागत, को थिए, स्वागत गर्ने । युवा शक्तिलाई कसरी गुमराहमा पारिएको थियो ।’

प्रचण्डले बाहिर एकखालको कुरा र भित्र अर्को खालको कुरा भित्रभित्र प्रतिक्रियावादीसँग साठगाँठका कुरा गरेको बताउँदै  भएको बताउँदै उनले जनयुद्धका कारण नेपालमा नेपाल पछि परेको बताउँदै भने, ‘जसको मार अहिले पनि खाइरहेका छौँ ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बारम्बार केपी ओलीमाथि प्रतिक्रियावादीको संज्ञा दिइरहेका बेला अध्यक्ष ओलीले बुधबार एकाएक राजा र प्रचण्डबीच साठगाठ रहेको खुलासा गरे । प्रचण्डबाट जसको प्रतिक्रिया आएको छैन ।

यद्यपि यसअघि राजासँग सबैभन्दा बढी माओवादीका अध्यक्ष प्रचण्ड नै ज्ञानेन्द्रबाट झस्किने गरेका थिए । २०७५ जेठ ३ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आदर्श नेतृत्वका रुपमा लिएर एमालेसँग एकतालाई महान कार्यको संज्ञा दिँदै पार्टी एकताको घोषणा गरेका थिए ।

त्यसपछि एक/एक अर्कालाई प्रश‌ंसा गरी करिब दुई वर्षसम्म प्रसंसा गर्दै चखेवाका जोडीझै सँगसँगै हिँड्थे । तर, पार्टीभित्रको आन्तरिक खिचातानिका कारण २०७७ पुस ५ मा केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्डले ओलीमाथि पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठ गरी संसद विघटन गरेको आरोप लगाएका थिए । 

यद्यपि ओलीले प्रचण्डको यो आरोपप्रति कुनै टिप्पणी गरेका थिएनन् । 

प्रचण्डले यसअघि भारतमा भएको कुम्भ मेलामा ज्ञानेन्द्र शाह सहभागी भएको विषयलाई लिएर प्रश्न उठाउका थिए । शाहलाई सो कुम्भमेलामा बहालवाला राजाकै हैसियत बमोजिम व्यवहार गरिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल यसअघि बारम्बार पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिँदै आएका छन् । यतिसम्म कि पूर्वराजा ज्ञानेन्द्र धार्मिक कार्यक्रममा निस्किँदासमेत ज्ञानेन्द्रमाथि प्रचण्ड खनिँदै आएका छन् ।

पूर्वशासकहरू कुनै न कुनै रूपले जनतालाई कमजोर पार्ने, उक्साउने र आफ्नो गुमेको शासन पुनर्स्थापित गर्न निरन्तर अभ्यासमा लागेको प्रचण्डको ज्ञानेन्द्रमाथि आरोप छ ।

त्यसैगरी, राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र  लिङ्देनलाई पत्र लेख्दै पूर्वराजातर्फ इंगित गर्दै निर्मल निवासमाथि छलफल गर्न आग्रह गरे।

© 2021 Quicknepal.com  |  All Rights Reserved.