आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो

काठमाडौं  । सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १– १ को बराबरी खेलेको हो ।

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन ।  १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।  

आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ । आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लबले चौथों स्थानको संकटासँग प्रतिस्पर्धा गर्नेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.