काठमाडौं । नेपाली काँग्रेसको मधेशी तर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी भएका छन् । शुक्रबार भएको मतगणनामा रामकृष्ण यादवलाई पराजय गर्दै उनी सहमहामन्त्रीमा विजयी भएका हुन् ।
यादवले सभापति शेर बहादुर देउवाको समुहबाट उम्मेद्वारी दिएका थिए । उनको प्रतिपक्षि रामकृष्ण यादवले भने शेखर कोइराला समुहबाट उम्मेद्वारी दिएका थिए ।