कांग्रेस केन्द्रीय सदस्य मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ ।

कांग्रेस पदाधिकारीको मत गणनापश्चात्  शनिबार करिब आधा घन्टादेखि सुरु भएको हो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।

यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.