सञ्चारमन्त्रीको आरोप : ओलीले देशलाई अन्धकारतर्फ धकेल्न खोजेका थिए

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद विघटन गरेर ओलीले देशलाई अन्धारतिर धकेल्न खोजेको आरोप लगाएका छन् । 

सोमबार नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो आरोप लगाएका हुन् । 

'संविधानले परिकल्पना नगरेको र भावना तथा इच्छा विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्ध्यारो सुरुङतर्फ ढकेल्ने प्रयास भएको थियो । त्यसको विरुद्धमा जे जति आन्दोलन भए । नेपाली जनतालाई एकजुट भए,' कार्कीले भने 'अधिनायकतर्फ धकेल्ने प्रयास गरेका थिए । त्यसलाई पाँच दलीय गठनले परास्त गरेको छ । विघटन संविधानलाई असफल बनाउने खेल अन्तर्गत भएको थियो ।'

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जसलाई फागुन ११ गते सर्वोच्च अदालतले पुन:स्थापना गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.