काठमाडौँ । आज भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना भएको छ । यूपि , ३३ पी १३३५ नम्बरको बस भारतको लिखमपुर स्थित भीर नजिकै दूर्घटना भएको हो ।
बसमा ५६ जना नेपाली मजदुर सवार थिए । उक्त बस दुर्घनामा परि अछामको बान्नीगढी जयगढ गाँउपालिकाका ४ महिनाका शिशु विष्णु थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । मृतक शिशुका आमा बाबुलाई भने केहि नभएको प्रहरीले जानकारी दिएका छन ।
उनीहरु धनगडीको कालीकाबाट भ्रमणको क्रममा भारत जाँदैगरेका थिए । गाडीमा सवार अन्य नेपाली पाँच जना घाइते भएको र उनीहरुको उपचार पछि नेपाल आएको कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जनाए ।