काठमाडौं । जिउँदो सालकसहित एकजना पक्राउ परेका छन । काठमाडौं अपराधमहाशाखाले गोप्य सूचनाको आधारमा कोठामा लुकाएर राखिएको जिउँदो सालकसहित दोलखाका २४ वर्षीय उद्धव थापा पक्राउ परेका हुन ।
उनले १ करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले जिउँदो सालक ल्याएको खुलेको छ ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरलाका अनुसार आवश्यक कारबाहीको लागि उनलाई जिल्ला वन कार्यलय हात्तीसार पठाइएको छ ।