खुला केन्द्रीय सदस्यको मतगणना सुरू

काठमाडौँ  । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरू गरिएको छ  ।

केन्द्रीय निर्वाचन समितिले आज विहानबाट केन्द्रीय सदस्य पदको मत गणना सुरु गरिरहेको जनाएको छ । यस कांग्रेसको १४ महाधिवेशनमा खुल्लातर्फबाट  ३५ जना खुल्ला सदस्य निर्वाचित हुने व्यवस्था  रहेको छ ।

आज दश ठाँउमा एकैपटक मत गणनाको कार्य भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुल्ला तर्फको ३५ सिटको केन्द्रीय सदस्यको प्रतिस्पर्धाका लागि ९९ जना प्रतिस्प्रर्धी रहेका छन् ।

कांग्रेशको १४ औँ महाधिवेशनमा यसपटक शशांक कोइराला, बालकृष्ण खाण, पूर्व सभापति गोपाल श्रेष्ठ लगायतका अन्य प्रतिस्पर्धी रहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.