एमाले खोटाङका इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लाग्यो 

 काठमाडौँ । नेकपा (एमाले)ले खोटाङको इन्चार्ज र सह–इन्चार्ज टुङ्गो लगाएको छ  । एमालेका  प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएर टुङ्गो ल्गाएको हो ।

विशाल भट्टराई यस पटकले दूई पटक  खोटाङ जिल्लाको इन्चार्जमा नियुक्त भएका छन् । 

यसै गरी खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईले  राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी पाएका छन ।

रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन् । पौडेल  भने नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्षमा समेत रहेका छन्  । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.