कांग्रेस प्रदेश अधिवेशन : कस्तो होला, प्रदेश-२मा संस्थापन समूहभित्रका देउवा, पौडेल र निधिबीचको सम्बन्ध ?

काठमाडौं । कांग्रेस महाधिवेशनअघि सम्पन्न हुनुपर्ने प्रदेश अधिवेशन पुस ६ र ७ गते हुँदै छ ।

यसअघि सो प्रदेशका केही जिल्लामा अधिवेशन हुन नसकेपछि महाधिवेशनपछि हुन लागेको सो प्रदेश अधिवेशनमा हुने समीकरण र चयन हुने नेतृत्वलाई लिएर चासोका साथ हेरिएको छ । 

कांग्रेस केन्द्रीय महाधिवेशन अघिसम्मम अस्तित्वमा रहेका पौडेल समूह र निधि समूह संस्थापन समूहमा समाहित भएका छन् । 

समीकरणका दृष्टिले यसअघि  पौडेलले नेतृत्व गरेको समूहको नेतृत्व शेखर कोइरालाले गरेका छन् ।

त्यसैगरी, पौडेल यसअघिका प्रतिस्पर्धी देउवा खेमामा पुगेका छन् । 

यसअघि अलग धारको रुपमा आफूलाई विस्तार गर्न खोजेका निधिले सो प्रदेशमा आफूलाई कुन रुपमा प्रस्ततु गर्लान् वा देउवा पक्षमै समाहित होलान् भन्ने कुरा निकै चासोको विषय बनेको छ ।  

यद्यपि, निधिले कांग्रेस महाधिवेशनका क्रममा प्रदेश-२को सभापतिमा आफूपक्षीय नेता नेता रामसरोज यादवलाई सभापति बनाउने सर्तमा देउवालाई सभापति बनाउन सहयोग गरेको खुलासा भएको छ ।

यसअघि फरक-फरक धारमा उभिएका देउवा, पौडेल र निधि संस्थापन समूहमा उभिएकाले पनि यो महाधिवेशनमा उनीहरुबीच कस्तो सम्बन्ध रहला, पौडेल यसअघिकै समूहमा फर्किएलान् वा देउवासँगै सहकार्य गरेर अघि बढ्लानजस्ता कांग्रेस १४औँ महाधिवेशनले प्रश्न उब्जाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.