काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
आइतबार बसेको गठबन्धन बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए ।
गठबन्धको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने सहभागी थिएनन् । प्रधानमन्त्री देउवा निर्धारित समयमा आइनपुगेपछि उनी बालुवाटारबाट बाहिरिएका थिए ।
यद्यपि प्रधानमन्त्री देउवाले बोलाएको सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन ।
सर्वदलीय बैठक संसदको अवरोध, एमसीसीलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।