सवारी दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं  । तनहुँको व्यास नगरपालिकामा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।  

दुर्घटनामा परि गम्भीर घाइते भएका ६० वर्षीय खड्कबहादुर लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपीले जानकारी दिए । 

उनका अनुसार डुम्रेबाट दमौली जाँदै गरेको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको  बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

शनिवार दिउँसो पृथ्वी राजमार्ग खण्डमा व्यास नगरपालिका वडा नं.१ सिमलटारमा सो दुर्घटना भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.