सर्वदलीय बैठकबाट पनि बाहिरिए नेपाल 

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार सर्वदलीय बैठकबाट बाहिरिएका छन् ।

लुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमा उनी बैठकबाट बाहिरिएका हुन् । 

चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन बाहिरएको बुझिएको छ । 

यद्यपि सो बैठकमा अर्का नेता झलनाथ खनाल सहभागी छन् ।  बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.