एमालेका कारण एमसिसी पास नहुने भयो : शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमालेका कारण एमसीसी संसदबाट पारित नहुने अवस्था आएको बताएका छन् ।

आइतबार प्रधानमन्त्रीले बोलाएको बैठकमा  एमाले सहभागी नभएपछि उनले सो बताएका हुन् । 

नेकपा एमालेले एकीकृत समाजवादी सहभागी भएको कुनै पनि बैठकमा आफू सहभागी नहुने बताउँदै आएको छ । 

सोही बमोजिम नेकपा एमाले प्रधानमन्त्रीले बोलाएको कुनै पनि सर्वदलीय बैठकमा सहभागी भएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.