काठमाडौं । सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ ।
आइतबार नेकपा एमालेबाहेक बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलभित्रै एमसिसीबारे मत बाझिँदा बैठक विनानिष्कर्ष सकिएको हो ।
बैठकमा सत्तारुढ नेपाली कांग्रेस बाहेकका दल एमसिसी परिमार्जनबिना पारित गर्न नहुने पक्षमा छन् ।
कसले के भने ?
आइतबार बसेको सर्वदलीय बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी संसोधनबिना पारित गर्न नहुने धारणा बताएका थिए ।
त्यसैगरी, एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पनि यथास्थितिमा एमसिसी पास गर्न नहुने बताए ।
जसपाका तर्फबाट बोलेका बाबुराम भट्टराईले भने अघि बढाउनुपर्ने धारणा राखेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महतले एमसिसी अगाडि बढाउनुपनर्ने बताए ।
यद्यपि प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीबारे पुन:छलफल गरेर निष्कर्षमा पुग्ने सहमति बनेको बताए।