अध्यक्ष माधव नेपाल महोत्तरी आउने कार्यक्रम स्थगित
महाेत्तरीमा आयाेजना हुन लागेकाे पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महाेत्तरी आउने कार्यक्रम थियाे ।
विशाल बस्नेत 

महोत्तरी । नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपाल शनिबार महोत्तरी जाने कार्यक्रम स्थगित भएको छ । 

महाेत्तरीमा आयाेजना हुन लागेकाे पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महाेत्तरी आउने कार्यक्रम थियाे । तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्काे मिति तय हुने उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.