एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा 

काठमाडौं । इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ । 

आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे । 

बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।  जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.