वागमती प्रदेशमा चुनावी प्रक्रियाबाट माओवादी अध्यक्षसहित पदाधिकारी चयन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) वागमती प्रदेशमा सहमति जुट्न नसकेपछि अध्यक्ष सहित पदाधिकारीको लागि चुनाव हुने भएको छ । 

वगमती प्रदेशमा अध्यक्ष पदका लागि तीन जनाले दावी गरेका छन् । जसमध्ये सरल सहयात्री पौडल, दिनानाथ गौतम र डिपी ढकाल रहेका छन् । तीन दावेदार सहमतिमा आउन नखोजेपछि चुनावी प्रक्रियाबाटै अध्यक्ष चयन गर्ने सम्भावना प्रवल बन्दै गएको छ । 

अध्यक्षमा सहमति हुन नसक्दा माओवादी केन्द्रले वागमती प्रदेशमा २७५ सदस्यीय प्रदेश समिति घोषणा गरेको थियो । चुनावबाट नेतृत्व चयन गर्नका लागि वागमती प्रदेश निर्वाचन समिति पनि बनाइएको छ ।

जसअन्तर्गत सोमबार ११ बजेबाट चुनावी प्रक्रिया अघि बढ्ने निर्वाचन समितिका सदस्य गोविन्द बटालाले बताए । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.