खोटेहाङ गाउँपालिका : स्नातकोत्तर सञ्चालनका असंख्य चुनौति

काठमाडौँ ।  खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा ४९ विद्यालय संचालनमा छन् । जसमा प्राथमिक तहका कक्षा १–५ सम्मका ३० वटा, आधारभुत तह कक्षा ६–८ सम्मका १० वटा र माध्यमिक तहका विद्यालयहरु जम्मा ९ रहेका छन्  ।  

स्थानीय तहमा  शिक्षा संकायका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि  सिमपानीमा  स्नातक तह र स्नातकोत्तर सञ्चालनमा रहेका छन । 

गाउँपालिकामा  खोटाङ क्याम्पस र सिम्पानी माविमा गरी दुईवटा क्याम्पसबाट माथिल्लो तहको  शिक्षा संकायको अध्ययन अध्यापन भइरहेकोे गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए ।  

गाउँपालिकामा शिक्षा संकायअन्तर्गत स्नातक तह र स्नातकोत्तर तहको अध्यापन भएपनि अन्य विषयको अध्यापन भने हुन सकेको छैन । जसका कारण अन्य विषयको अध्ययनका लागि अन्यत्र जानु परेको छ । यो समस्य  खोटेहाङ गाँउपालिकाको मात्र नभएर सबै स्थानीय तहको हो । 

नेपालमा संघीयता लागू भएपछि विगतको तुलनामा तीव्र गतिमा  शिक्षाको  विकासमा भएको छ । शैक्षिक गुणस्तर निमार्णका लागि सबै तहका शिक्षकहरुलाई विषय विशेषज्ञहरुको  सहायतामा क्षमता अभिवृद्धि कार्यक्रमहरु संचालन गर्दै आएको  शिक्षा शाखा अधिकृतले जानकारी दिए । उनले भने प्रत्येक विद्यालयमा इन्टरनेट जडान गरिएको र गाउँपालिकाबाट प्रत्येक विद्यालयमा कम्प्युटर वितरण गरिएको छ ।  

गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । गाउँपालिकाको शिक्षाको अवस्थालाई ध्यानमा राखी हरेक वर्षमा एक पटक विभिन्न विषयविज्ञको उपस्थितिमा शिक्षामूलक कार्यक्रमहरु सञ्चालन  गरिँदै आएको छ । प्रविधिमैत्री विशेष कार्यक्रमका पनि चलाउँदै आउएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.