काठमाडौं । नेपाली कांग्रेसकाे प्रवक्तामा विश्वप्रकाश शर्मा नरहने भएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सो बताएका हुन् । उनी १४ औँ महाधिवेशनबाट महासचिवमा चयन भएका छन् ।
शर्माले आफू कांग्रेसबारे जानकारी दिन भने सधै तयार रहेको बताए । उनले भने, 'प्रवक्ताको जिम्मेवारीम अरु आउनुहुन्छ, उहाँको भुमिकालाई बढावा दिनुपर्छ ।'