काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको नेकपा एमालेलाई घेराबन्धनमा पार्ने ध्येय रहेको बताएका छन् ।
सोमबार घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
‘कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’, उनले भने ।
सो क्रममा उनले एमसिसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाई प्रतिपक्षको आश गरेको बताए ।
अस्थिरताको बिजारोपण माओवादीले गरेको उनको आरोप छ ।