गैंडाको खाक सहित ६ जना पक्राउ

काठमाडौं । गैंडाको खाग अवैध रुपमा विक्रि वितरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बौद्धबाट उक्त व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एक किलो १० ग्राम बराबरको गैंडाको खाक बरामद गरेको छ । 

पक्राउ परेकामध्ये पाँच जना काभ्रेपलाञ्चोक र एक जना सिन्धुलीका हुन् । बरामद गरिएको गैंडाको खाकलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला डिभिजन कार्यालय हात्तीसार पठाइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.