काठमाडौँ । परीक्षण गरिएको एक वर्षमा पनि खोटाङको दिपु्रङ चुइचुम्मा गाउँपलिकामा प्याराग्लाइडिङ सुरु हुन सकेको छैन ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न गत वर्ष प्याराग्लाइडिङ उद्घाटन गरेको थियो ।
उद्घाटनमा गाउँपालिकाको कोषबाट ३ लाख रुपैयाँ बजेट खर्च भएको अध्यक्ष भुपेन्द्र राईले बताए ।
प्याराग्लाइडिङ परीक्षणका लागि उद्घाटन गरिएको राईको भनाई छ । गाउँपालिकाले परीक्षणका लागि ड्राइभर पोखराबाट ल्याइएको थियो । परीक्षण पास भएको अध्यक्ष राईले बताए । उनले भने ‘अब हामीले यसका लागि सबै प्रक्रिया पुर्याएर पर्यटन मन्त्रालयमा पठाएका छौँ । तर, अहिलेसम्म मन्त्रालयले स्वीकृति नदिएकाले सञ्चालनमा समस्या आएको हो ।’
धरान प्याराग्लाइडिङसँग सम्पर्क गरेर दुवैले एकैपटक पर्यटन मन्त्रालय पठाएको भएपनि कुनै स्वीकृति नआएको उनले भने । उनका अनुसार यो अहिले पर्यटन मन्त्रालयमा प्रक्रियामा रहेकाले ढिला भएको हो ।
मन्त्रालयले अनुमति दिने वित्तिकै सञ्चालनामा आउने छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र खोटाङ बन्दै गएपछि पाराग्लाइडिङ सुरु गर्न खोजिएको हो ।
उद्घाटन गरिएको प्याराग्लाइडिङ २ वर्षमा पनि सञ्चालनमा नआएकाले स्थानीयवासीहरुले गुनासो गरेका छन् । स्थानीयवासीहरु भन्छन् ‘एकपटक सञ्चालनमा आएको पाराग्लाइडिङ नियमित सञ्चालन गर्न नसक्नु स्थानीय सरकारको कमजोरी हो ।’ सञ्चालनमा नआउनुमा गाउँपालिकाको कमजोरी रहेको स्थानीयवासीले औल्याए । उनीहरुले भने यसको जिम्मेवारी अध्यक्षसहित सिंगो गाउँपालिकाको हो । तर, अहिलेसमम्म गाउँपालिकाले केही काम गर्न सकेको छैन ।
संघीयताको कार्यान्वयन भएर स्थानीय सरकार सञ्चालनको ५ वर्ष पुरा हुन लाग्यो । तर, यसको कुनै चर्चा परिचर्चा नभएको स्थानीय केशव राइको भनाई छ । स्थानीयवासीहरुले आगामी निर्वाचन जित्नमात्र अध्यक्षले यस्ता कार्यक्रम सुरु गर्न खोजेको आरोप लगाएका छन् ।
प्याराग्लाइडिङ दिपु्रङ गाउँपालिकादेखि भँडारेघाट, खोटाङ र उदयपुरको मुख्य पेरीफेरीमा सञ्चालन गर्ने उद्देश्य राखिएको प्रमुख राइको भनाई छ ।