काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमसीसी अगाडि बढाउनु पर्ने सरकारको दायित्व भएको बताएका छन् ।
एमसीसीबारे गठबन्धन र सर्वदलीय बैठकमा मुख्य विषय बनेको एमसीसी मंगलबार (आज) संसदमा पेस हुने आशंका भइरहेका बेला गृहमन्त्री खाँणले सो बताएका हुन्।
मंगलवार जनकपुर पुगेका खाँणले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने क्रमा एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको बताए ।
‘एमसिसी पूर्ववर्ती सरकारहरुको पालोमै अगाडि बढेको हो। यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो,’ उनले भने, ‘त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो।’
सो क्रममा उनले एमसिसी परियोजना ऋणमा नभई निशर्त अनुदानसमेत भएको बताए ।
तर, गणबन्धनमा आबद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी र एकीकृत समाजवादी भने यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।
त्यसैगरी प्रमुख सत्ता साझेदार कांग्रेस जसरी पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा छ ।