काठमाडौं । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बागमती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।
गत कातिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिनापछि बस्न लागेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गरेपछि दिउँसो १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।