काठमाडौं । नेकपा माओवादी केन्द्रको अधिवेशनबाट पदाधिकारी चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ ।
करिब दुई सातासम्म पदाधिकारी चयनका लागि गरिएको सहमति प्रयास सफल हुन नसकेपछि पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो ।
यद्यपि निर्वाचनको मिति भने टुंगो लागेको छैन । तर, कार्यदलका एक सदस्यका अनुसार आजै चुनाव हुने सम्भावना छ।
प्रदेश समितिका सदस्यबीचमा मतदान हुने निर्वाचनले प्रदेश पदाधिकारी चयन गर्नेछ।