बुधबार बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित

काठमाडौं  ।  बुधबार बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.