काठमाडौं । प्रदेश १ माओवादीका पदाधिकारी चयनका लागि सात बजेदेखि मतदान सुरु हुने भएको छ ।
नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयन सहमतिमा टुंग्याउने भनिएको थियो । तर, सो हुन नसकेपछि पदाधिकारी चयन निर्वाचनमार्फत् टुंग्याउन लागिएको हो ।
निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए ।