माओवादी केन्द्र अधिवेशन : १ नम्बर प्रदेश अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् ।

निर्वाचित नेम्वाङ नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीका अनुसार अध्यक्ष नेम्वाङले १६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अध्यक्षका प्रत्यासी मुक्साहाङ सुब्बा लिम्बू(मुकेश) ले ६४ मात्र मत प्राप्त गरेका थिए । लिम्बू पूर्वअर्थमन्त्री वर्षमान पुननिकट हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.