कांग्रेस प्रदेश २ अधिवेशनः मतदान जारी

 जनकपुरधाम  ।  नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा  मतदान भइरहेको छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हो ।

 प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेको हो ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.