शहरी विकास मन्त्रालयले पायो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको छ । २०७२ सालमा भूकम्पपश्चात् स्थापना भएको प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएसँगै सोको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको हो । 

प्राधिकरणले बिहीबार गृहमन्त्री बालकृष्ण खाँणमार्फत् आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको छ । 

२०७२ सालको भूकम्पले क्षति गरेका संरचना पुनर्निर्माणका लागि प्राधिकरण गठन भएको थियो । प्राधिकरणले २०७२ साल पुस १० गतेबाट पुनर्निर्माणको काम सुरु गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.