माओवादी केन्द्रमा पदाधिकारी संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५  पुरउाने गरि स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गरेका छन् ।  शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने गरि प्रस्ताव पेश गरेका हुन् ।

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था भएपनि त्यसलाई शंसोधन गरेर पदाधिकारी संख्या बढाउने प्रस्ताव प्रचण्डले गरेका हुन् । 

वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.