पौडेलसहित चारजनालाई केन्द्रीय सदस्यमा मनोनित गरिने

काठमाडौं । नेपाली काँग्रेसले रामचन्द्र पौडेलसहित चारजना नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव पेस गर्ने बताइएको छ । 

पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधिलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिने भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.