सिरहामा आमहडतालको घोषणा

काठमाडौँ । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा  किसानलाई प्रहरी   प्रकाउ गरेपछि   जनमत पार्टी  विरोधमा उत्रिएको छ   ।  साथै उनीहरुले आमहड्तालको घोषणा गरेको छ ।

जनमत पार्टीले पवन यादवको नेतृत्वमा गाउँपालिका  र प्रशासनविरुद्ध आईतवार जिल्लामा आमहड्तालको घोषणाको कार्यतालिका तय भएको छ  । जनमत पार्टीकै समन्वयमा हिँजो  किसानहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेका थिए ।

 औरही गाउँपालिका– ३ कड्हरबाका किसान मिथिलेश यादवलाई बिहीबार  प्रहरीले पक्राउ गरेको थियो। गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको  चार किसानविरुद्ध प्रहरीमा मुद्दा दर्तागराएपछि  । सोही आधारमा प्रहरीले एक किसानलाई पक्रेको हो ।  पक्राउपछि  अन्यको  अनुसन्धान गरेपछि  जनमत पार्टीले आन्दोलन  थालेको हो  ।


चार दिनअगाडी गाउँपालिकाले किसानलाई नै वितरण गर्न करिब साढे तीन सय बोरा गहुँको बीउ स्वास्थ्य चौकीमा राखेको थियो ।  वितरणमा ढिलाइ गरेर  आफ्ना  आफन्तलाईमात्र  रातिको समयमा वितरण गर्ने गरेकाले किसानहरु आवश्यकता पूर्ति गर्न  गहुँको बीउ लगेको जनमत पार्टी आन्दोलन समितिका संयोजक पवनले बताए ।

शनिबार जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गर्ने र आइतबार सिरहा जिल्ला आमहड्तालको घोषणा गरेका उनले बताए  । माग पूरा नभए  अझ बढी आन्दोलन लाई बढाउने उनले जानकारी दिएका छन । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.