पहिलो बैठकमा नै किन भएनन् शेखर उपस्थित ?

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् ।  

शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक  छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ । 

काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् ।

वरीयता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ ।

कोइरालालाई २० औं वरियतामा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई सभापति शेरबहादुर देउवाले २० औं वरियतामा राखेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.