काठमाडौं । कालिका नगरपालिका–१, पदमपुरमा खुलेको कोरियाली रेष्टुराँले आफ्ना परिकारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।
प्रवर्धनात्मक अभियानअन्तगर्त आजदेखि एक महिनासम्म ग्राहकले कोरियाली र जापानी परिकारमा छुटगरेको रेष्टुराँले जनाएको छ ।
लंका लाइनको मुनाल एण्ड मयुर रिसोर्टमा रहेको ‘समिटर कोरियन रेष्टुराँ’ले छुटको घोषणा गरेको सञ्चालक लामाले जानकारी दिए । ठमेलको चर्चित कोरियन रेष्टुराँ ‘भिल्ला एभरेष्ट’मा २५ वर्षसम्म सेफ काम गरेका बाबुराम लम्साललाई भित्र्याएर रेष्टुराँले नयाँ स्वरुपमा परिकार भित्र्याएको छ । यहाँका सेफ गोपाल गिरी पनि जापानी परिकार बनाउन सक्षम रहेका छन ।
मनास्लु क्षेत्रमा स्थापित पर्यटनकर्मी लाक्पाढुण्डुपसहित चितवनका पर्यटनकर्मीहरू राजिन्द्र महतो र सुशिल चौधरीको साझेदारीमा रिसोर्टमा कोरियन रेस्टुरा सञ्चालन
गरिएको छ । । यस रेस्टुरामा सामगेपसाल, विविमबाप, बुल गोगीसहितका परिकार र कोरियन रक्सि सोजु र छयाङ समेत पाइन्छ ।
नेपाली, चिनिया, भारतीय र कन्टिनेन्टल परिकार पाइनुका साथैविशेषतः युवा र परिवारहरू बसेर खानपिन गर्न मिल्ने शान्त वातावरण रहेको छ । यस रेस्टुरामा हिमाली परिकारहरू याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह, फापरको ढिंडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी, लगाएत अन्य थुप्रै परिकारहरु पाइने ब्यावस्था रहेको छ ।