माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण हुने भएको छ । 

माओवादीको स्थायी कमिटीको निर्णयबमोजिम राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण हुने भएको हो । 

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बसेको स्थायी कमिटीको बैठकपश्चात प्रवक्ता कृष्णबहादुर महाराले सो जनाकारी दिएका हुन् ।

राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यद्यपि महाधिवेशनलाई के नाम दिने भन्ने विषय टुंगो नलागिसकेको उनको भनाइ छ ।

माओवादी राष्ट्रिय एकता सम्मेलनमा सहभागी हुन देशभरबाट प्रतिनिधि आउने क्रम जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.