प्रचण्डले गरे ओलीलाई टेलिफोन 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो पटक टेलिफोन सम्पर्क गरेका  छन् ।

अध्यक्ष दाहालले नेकपा अध्यक्ष ओलीलाई पार्टीको अधिवेशनमा उपस्थितिका लागि निम्ता दिन टेलिफोन गरेका हुन् ।

अध्यक्ष दाहालले ओलीलाई पार्टीको आठौं महाधिवेशनमा उपस्थिति भई शुभकामना दिन आग्रह गरेका थिए ।

२०७७ पुस ५ मा तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि टाढिएका दाहाल र ओलीबीच भए हुने टेलिफोन वार्ताले नेपाली राजनीति वृत्तमा प्राथमिकता पाउने गरेको छ ।

यसअघि अध्यक्ष ओलीले प्रचण्डलाई दुई पटक टेलिफोन गरेका थिए । यद्यपि दाहालले भने पहिलोपटक ओलीलाई टेलिफोन गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.