नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैनः डिएसपी चन्द

जुम्ला  ।  हालै सरुवा भएर जुम्ला आएका  प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् । सञ्चारकर्मीसँगको अन्तर्क्रियामा डिएसपी चन्दले 'नागरिक पनि बिना बर्दीका प्रहरी' भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।

जिल्लाका २८ वटै प्रहरी युनिटको निरीक्षण गरेका उनले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेकोे बताए ।

डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थालेका छन् । 'सभ्य समाज निमार्णका लागि सबै  एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेको छ,' उनले भने ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.