अछाममा वायु ऊर्जा प्लान्ट २ वर्षदेखि बन्द

अछाम ।  विगत ४ वर्षअघि सञ्चालनमा आएको सुदूरपश्चिमको १ मात्र वायु ऊर्जा प्लान्ट २ वर्षदेखि बन्द अवस्थामा छ ।

१ करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो वायु ऊर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा छ । कमल बजारमा रहेको हावाबाट उत्पादन हुने विद्युत् २ वर्षदेखि बन्द अवस्थामा छ । 

२०७४ सालमा निमार्ण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको २ वर्षपछि पूर्ण रुपमा बन्द भएको हो । नेपाल सरकारको १ करोड, कमल बजार नगरपालिकाको २० लाख गरी कूल १ करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट स्थापना गरिएको थियो । 

वायु तथा सौर्य ऊर्जा प्लाट बिग्रँदासमेत सञ्चालनको लागि नगरपालिकाले चाँसो नगरिएको स्थानीय हरिकला बिष्टको भनाइ छ । 

कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले हालसम्म उपभोक्ता समीतीले सौर्य प्लान्ट नगरपालिकालाई हस्तान्तरण नगरेको हुँदा मर्मत नगरिएको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.