जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौं । जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ।

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा पाइप विस्फोट हुँदा माछापुच्छ्रे मेटल एन्ड मेकानिक कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुनको मृत्यु भएको हो ।

घटनामा परी हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्।

प्रहरीका अनुसार सुरुङको अगाडिको भाग विस्फोट भई उछिट्टिँदा सो घटना भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.