भारतीय मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु

काठमाडौं । भारतीय मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–१ स्थित सडकमा युपी ५५ के ०४८० नम्बरको मोटरसाइकले ठक्कर दिँदा सोही नगरपालिका–१ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अहिरको शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको जनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.